धार्चे गाउँपालिकाविरुद्ध पाँचदिनदेखि लगाएको नाकाबन्दी बारपाकीले खुलाएका छन् ।नाकाबन्दीले समस्याको समाधान नगर्ने भन्दै अबरोध हटाइदिएको स्थानीय युवा जीत घलेले जानकारी दिए ।‘धार्चे गाउँपालिकाले इपिसेण्टर तोडमोड गर्न खोज्यो भनेर बारपाक सुलिकोट गाउँपालिकाले विज्ञप्ति निकाल्यो । अब धार्चेबासीलाई नाकाबन्दी गर्नुपर्छ भनेर वडाअध्यक्षहरुको उक्साहटमा नाकाबन्दी भएको थियो’, घलेले भने, ‘दुवै पालिकाका प्रमुखहरु बसी छलफल गरी निचोड निकाल्नु पर्नेमा यत्तिका दिन बितिसक्दा पनि वार्ता गर्ने छाँटकाँटै देखिएन । त्यसैले आज दिउसो गाउँलेहरुले छलफल गर्दा नाकाबन्दी नै समस्याको समाधान होइन भन्ने निश्कर्ष निकाली बाटो खुलाइएको हो ।’नाकाबन्दी खुलाउन निरन्तर पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘हामीले बाटो अबरुद्ध गरेदेखि नै स्थानीय प्रहरीचौकीका प्रहरीमार्फत अबरोध हटाउन पहल गरिरहेका थियौँ’, सहायक प्रजिअ देवी पाण्डे खत्रीले भनिन्, ‘आज बाटो खुल्यो भन्ने खबर आएको छ ।’यसअघि इपिसेण्टर तोडमोड गरेको, सीमा क्षेत्रको ढुंगा, काठ उत्खनन गरेको र सीमा क्षेत्रमा एकातर्फी निर्णयले पदमार्ग बनाएको बिरोधमा भन्दै बारपाकीले साइनबोर्ड राखी गत कात्तिक १९ गते सडक अबरुद्ध गरेका थिए ।
थप समाचार
-
७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म : एनसीएमलाई कर सहुलियत दिने कि बहुआयामिक अनुसन्धान गर्ने ?
गोर्खा संसारJuly 20, 2026१ अर्ब ३६ करोड बिगोको मुद्दा अदालतमा, अनुसन्धानकै बीच अर्को कम्पनीमा रकम सारिएको उजुरी; ७१ प्रतिशत स्वामित्व सम्पर्कबाहिर रहँदा दैनिक करोडौँको सीओडी रकम र २,५०० जनाको रोजगारीमाथि प... -
मर्स्याङ्दी नदीमा हाम फालेर एक महिला बेपत्ता : भेल र रातको समयका कारण खोजीकार्य भोलिदेखि हुने
गोर्खा संसारJuly 12, 2026गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित सतीघाट निवासी अन्दाजी ६८ वर्षीय ज्ञानु नेपाली मर्स्याङ्दीमा हाम फालेर बेपत्ता आज साँझ करिब ७ बजेतिरको समयमा गोरखाको च्याङ्ली... -
राष्ट्र निर्माणमा भीमसेन थापाको योगदान – डा. नरविक्रम थापा
गोर्खा संसारJuly 10, 2026भीमसेन थापाकोे जन्म वि.सं. १८३२ साउन ९ गते गोरखाको पिपलथोकमा भएको थियो । भीमसेन थापाले जग्गा खरिद गरी यंगाल (हाल का.न.पा.वडा नं.२१, इकुवहाल समीप) मा जोडाएर बनाएको निजी घरभित्र... -
अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ – प्रेमचन्द्र झा
गोर्खा संसारJuly 10, 2026कुनै पनि देशको वास्तविक उन्नति अग्ला भवन, चौडा सडक, चम्किला सरकारी प्रतिवेदन वा विकासका भाषणले मात्र मापन हुँदैन। एउटा राष्ट्र त्यतिबेला सफल मानिन्छ, जब त्यसका सबैभन्दा कमजोर नागरि... -
कुलपूजामा बली प्रथा : वेददेखि पुराणसम्मको दृष्टिकोण, धार्मिक परम्परा र आधुनिक समाज – धर्म, संस्कृति र विवेकको सन्तुलित विश्लेषण
गोर्खा संसारJuly 8, 2026डा. रविन्द्र कंडेल नेपालको धार्मिक तथा सांस्कृतिक जीवनमा कुलपूजाको विशेष स्थान छ। हरेक परिवार वा समुदायले आफ्ना कुलदेवता, कुलदेवी अथवा पुर्खाप्रति श्रद्धा व्यक्त गर्दै विशेष पूजा ... -
सीमामा तस्करीविरुद्ध गृहमन्त्रीको कडा एक्सन, दुई डीएसपीको मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक अनुसन्धान
गोर्खा संसारJuly 7, 2026काँकडभिट्टा–मेची भन्सारमा तस्करीको गुनासोपछि सुरक्षाकर्मीमाथि छानबिन तीव्र, "दोषी जो भए पनि कारबाही हुन्छ" : गृहमन्त्री काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सरकार आक्...