Skip to main content

Gorkha Sansar

इच्छाकामना गाउँपालिकाको कोरोना कोषमा प्रजातान्तित्रक विचार समाज चितवनद्वारा ५१ हजार सहयोग

चितवन, २४ जेठ

चितवनको एकमात्र गाउंँपालिका ईच्छाकामना गाउंँपालिकालाई प्रजातान्तित्रक विचार समाज चितवनले ५१ हजारको चेक हस्तान्तरण गरेको छ । शनिबार भरतपुरमा शिक्षकसंघको कार्यालय परिषरमा संस्थाका अध्यक्ष डाक्टर देवी प्रसाद कंडेल सहितले गाउंँपालिकाका अध्यक्ष गिता गुरुङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन ।

समाजले चितवनको एकमात्र गाउंँपालिकालाई क्वारेण्टाइन व्यवस्थापन र दैनिक ज्याला मजदुरको लागि सहयोग पुरयाउने उद्धेश्यले सहयोग गरेको बताएको छ । चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष डाक्टर कंडेलले सरकारले पर्याप्त रुपमा कोरोना भाइरसको जोखिम न्यूिनकरणमा खासै ध्यान दिन नसकेको अवस्थामा क्वारेटाइन व्यवस्थापन सहज पुगोस भन्ने हेतुले सहयोग गरिएको बताए । ‘यो गाउंँपालिका चितवनको विकट ठाउंँ हो, त्यहांँ श्रोतसाधन पनि कम छ। पिछडिएका वर्गको बाहुल्यता छ ।’ डाक्टर कंडेलले भने । विगतमा पनि अध्यक्ष गुरुङ्गले पहल गरेको अलपत्रहरुको उद्धार कार्यको प्रशंसा गर्दै यो सहयोगबाट थप उर्जा मिल्ने उनले विश्वास व्यक्त गरे ।

चेक ग्रहण गर्दै गाउंँपालिकाका अध्यक्ष गुरुङ्गले यो सहयोगले आफूलाई थप दायित्व र उर्जा मिलेको बताइन । गाउंँपालिकामा आन्तरिक श्रोत साधन कम भएको र बिशेषगरी पिछडिएका वर्ग बस्ने भएकोले उनीहरुको लागि दैनिक उपभोग्य वस्तु तथा क्वारेण्टाइनमा बस्ने व्यत्तिहरुको लागि खर्च गरिने उनलेबताइन । ‘विभिन्न संस्थाहरुबाट नगद तथा जिन्सी सामान सहयोग प्राप्त हुदै आएको छ उनले भनिन , गाउंँपालिकामा रोग तथा भोकले कोही नमरुन भन्ने हाम्रो उद्धेश्य हो ।’ उनका अनुसार विदेशबाट आएका क्वारेण्टाइन र ज्याला मजदुरको राहतको लागि खर्च गरिनेछ ।

गुरुङ्गका अनुसार हालसम्म गाउंँपालिकाले त्यहांँ रहेका ४ हजार ५सय ज्याला मजदुरलाई राहत वितरण गरिसकेको छ । समाजका सचिव सुरेशचन्द्र आचार्यले गाउंँपालिकामा रहेका काम र माम नपाएका ज्याला मजदुर लाई लक्षित गर्दै उक्त पालिका छनौट गरिएको बताए । हस्तान्तरण कार्यक्रममा बिशिष्ट अतिथि समाजका कन्द्रीय उपाध्यक्ष वडाक्टर ईश्वरीराज लौडारी, वागमती प्रदेश संयोजक भरत दवाडी तथा संस्थाका पदाधिकारी एवं डाक्टर, वकिल , प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.