Skip to main content

Gorkha Sansar

सामुदायिक सिकाई केन्द्रद्धारा क्वारेन्टिनलाई सहयोग

गोरखा संसार
जेठ २२,गोरखा
गोरखाको पालुङ्टार नगरपालिका वडा नं.८ स्थित अकला मा.वि.मा निर्मित क्वारेन्टिनको लागि धुुवाँकोट सामुदायिक सिकाइ केन्द्रले आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
केन्द्रले क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक पर्ने सिरानी १५ थान, चप्पल १५ जोर, बेड कभर १५ थान र १० कार्टुन पानी सहयोग गरेको केन्द्रका अध्यक्ष एवं वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले बताउनुभयो ।
कोभिड १९ का कारण बिश्व महामारीको रुपमा फैलिएसँगै नेपालमा पनि दिनानुदिन संक्रमितको संख्या बढदै गएको र अहिले मुख्य गरी छिमेकी मुलुक भारतमा काम गर्न गएका व्यक्तिहरु आउने क्रम बढे संगै सबैजसो स्थानीय तहहरुले विभिन्न स्थानहरुमा क्वारेन्टिन बनाएर राख्न थालेका छन् ।
पालुङ्टार नगरपालिकाको अकला मा.वि. क्वारेन्टिनमा १५ जना राख्नको लागि व्यवस्थापन गरिएको पनि अध्यक्ष कंडेलले जानकारी दिनुभयो । हाल उक्त क्वारेन्टिनमा २ जना रहेका छन । पछिल्लाे समय भारतबाट मानिसहरू अाउने क्रम बढेपछि नगरपालिकाले बिभिन्न बिद्यालयहरूमा क्वारेन्टिन बनाउँदै अाएकाे छ ।

सिकाइ केन्द्रले यस अघि पनि विभिन्न सामाजिक क्षेत्रका कामहरुमा सहभागी हुँदै आइरहेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.