Skip to main content

Gorkha Sansar

अस्थायी प्रहरी पोष्टका लागि नगरपालिकाद्धारा जग्गा खरीद

रविन्द्र कंडेल
गोरखा संसार
जेठ २, गोरखा

गोरखाको पालुङ्टार नगरपालिकाले अस्थायी प्रहरी पोष्ट बिरुवाटारको लागि जग्गा खरीद गरेको छ । नगरपालिकाबाट विनियोजित रकमबाट सो जग्गा खरीद गरिएको हो ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको कार्यक्षेत्र ठूलो भएको र नगरपालिकाको वडा नं. ६,७ र ८ मा समेत सेवाक्षेत्र हुँदा उक्त वडाहरुमा सेवा दिन गाह्रो भएकाले स्थानीयहरुको लामो समयको पहलपश्चात गत बर्षदेखि नै बिरुवाटारमा स्थानीयको एक घर भाडामा लिई अस्थायी प्रहरी पोष्ट सञ्चालनमा ल्याइएको थियो ।
पोष्टको स्थापनासंगै यसको स्थायित्वको लागि भवन निर्माण गर्नुपर्ने भएका कारण जग्गा खरीदका लागि नगरपालिकाबाट बजेट बिनियोजन गरी खरीद कार्य अघि बढाइएको र सो को लागि मन्त्रालयबाट समेत स्वीकृत भइसकेको नगरपालिकाका नगरप्रमुख इ दिपकबाबु कंडेलले जानकारी दिनुभयो ।
बिरुवाटारस्थित शिव कुमार श्रेष्ठको नाममा रहेको कित्ता नं. २०५३ को जग्गाबाट रु.१० लाखमा १२ आना जग्गा खरीद गरिएको र ४ आना जग्गा निशुल्क प्राप्त भएसँगै १ रोपनी जग्गा प्रहरी चौकीको नाममा दिन वडा कार्यालयमार्फत सहमति भइसकेको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयमा बउपस्थित भई गत बैशाख ३१ गते जग्गाधनी शिव कुमार श्रेष्ठले जग्गा दिने मञ्जुरीनामा दिए सँगै अब प्रहरी पोष्टको नाममा जग्गा पास गर्ने र भवन निर्माणको कार्य अघि बढाइने अस्थायी प्रहरी पोष्ट बिरुवाटारका इन्चार्ज कृष्ण घर्तीले बताउनुभयो ।
पालुङ्टार प्रवेश गर्र्ने नाकामध्येको एक नाका वडा नं. ७ च्याङ्लीको नयाँपुलमा पर्दछ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.