Gorkha Sansar

हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण
पालुङटार, गोरखा । पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालित आधारभूत तह (कक्षा १–५) स्तरीय हस्तलेखन प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
प्राप्त विवरणअनुसार प्रथम पुरस्कार प्राप्त गर्ने विद्यार्थी सौभाग्य पाण्डे (श्री भवानी मावि) लाई रु. ७,००० प्रदान गरिएको छ। त्यसैगरी द्वितीय पुरस्कार प्राप्त गर्ने सुप्रिया श्रेष्ठ ( मदने डाँडा विद्यालय) लाई रु. ५,००० र तृतीय पुरस्कार प्राप्त गर्ने सन्देव नेपाली (श्री गोरखा मोर्डन बोर्डिङ) लाई रु. ३,००० प्रदान गरिएको छ।
त्यस्तै सान्त्वना पुरस्कार स्वरूप रलिना परियार (श्री जनता मावि) लाई रु. १,००० प्रदान गरिएको छ।
पुरस्कार रकमबाट प्रचलित कर कट्टा गरी बाँकी रकम सम्बन्धित विद्यार्थीलाई उपलब्ध गराइएको जनाइएको छ। कार्यक्रमले विद्यार्थीमा सुन्दर लेखन सीपको विकास, अनुशासन तथा अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.