गोरखा, असार २। गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा अभिभावकहरूको भूमिका सुदृढ बनाउने उद्देश्यसहित ‘अभिभावक शिक्षा कार्यक्रम’ आयोजना हुने भएको छ। च्याङली सामुदायिक सिकाइ केन्द्रको आयोजनामा, शिक्षा युवा तथा खेलकुद शाखा पालुङटार नगरपालिकाको प्राविधिक सहयोग तथा जीवन ज्योति माध्यमिक विद्यालयको संयोजनमा कार्यक्रम सञ्चालन भएको थियो!
पालुङटार नगरपालिका वडा नम्बर ७ भित्र रहेका विभिन्न विद्यालयका अभिभावकलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम असार २ गते मंगलबार दिउँसो ३ः०० बजेदेखि जीवन ज्योति माध्यमिक विद्यालय काे सभाहलमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा प्रेरणादायी वक्ता तथा प्रशिक्षक रामजी अधिकारी ले अभिभावक शिक्षा सम्बन्धी सहजीकरण गरेका थिए।
कार्यक्रमको सभाध्यक्षता वडा शिक्षा समिति पालुङटार–७ का संयोजक तथा वडा अध्यक्ष अर्जुन बहादुर कुमाल ले गर्ने गरेका थिए भने पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन प्रमुख अतिथिका रूपमा बाेल्दै यस्ता कार्यक्रमहरू प्रभावकारी भएकाे हुँदा अरू पनि सञ्चालन गर्न पहल गर्ने बताउनुभयाे। यस्तै उपप्रमुख बन्दना पाण्डे र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मनोज नेपाली सिर्मल विशेष अतिथिका रूपमा रहेका थिए।
कार्यक्रममा जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकाल,च्याङली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डे, कार्यपालिका सदस्य पम्फा वि.क., वडा सदस्यहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू:
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकाल ले स्वागत मन्तव्य राखेकाे साे कार्यक्रमको सञ्चालन च्याङली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष डा. रविन्द्र कंडेल ले गरेका थिए ।
आयोजकका अनुसार बालबालिकाको शैक्षिक उपलब्धि, सकारात्मक व्यवहार, अनुशासन तथा समग्र व्यक्तित्व विकासमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न कार्यक्रम उपयोगी हुने विश्वास लिइएको छ।
“बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका अपरिहार्य छ” भन्ने मूल सन्देशसहित आयोजना भएकाे कार्यक्रममाअभिभावकहरूलाइ जीवन कला र असल अभिभावकत्व सम्बन्धी जानकारी प्रदान गरिएकाे थियाे ।