गोरखा ।
विदेश अध्ययन तथा रोजगारीप्रति युवाहरूको आकर्षण बढिरहेका बेला पालुङटार नगरपालिका अन्तर्गत ठाँटीपोखरी–माझाटारमा सञ्चालन भइरहेको “Precious Voyage Education Center” ले स्थानीय युवामाझ नयाँ आशा जगाएको छ । गाउँमै बसेर जापानी भाषा सिक्दै जापान जाने सपना पूरा गर्न सकिने अवसर पाएपछि पछिल्लो समय यहाँ युवाहरूको उत्साह उल्लेख्य रूपमा बढ्दै गएको छ ।
विशेषगरी ठूला शहरमा गएर मात्र जापान जान सकिन्छ भन्ने मानसिकतालाई तोड्दै स्थानीय स्तरमै सञ्चालन गरिएको भाषा कक्षाले छोटो अवधिमै सकारात्मक सफलता हासिल गरेको छ । हालसम्म यहाँबाट भाषा अध्ययन गरेका दुई जना जापान पुगेर कामसमेत सुरु गरिसकेका छन् भने थप दुई जना छिट्टै जापान प्रस्थान गर्ने तयारीमा रहेका छन् ।
अनुभवी प्रशिक्षकद्वारा सञ्चालन भइरहेको कक्षामा भाषा शिक्षासँगै जापान जान आवश्यक प्रक्रिया, आवेदन, कागजात व्यवस्थापन, अन्तर्वार्ता तयारी तथा जापानको जीवनशैलीसम्बन्धी जानकारीसमेत प्रदान गरिँदै आएको छ । सहज र व्यवहारिक शिक्षण पद्धतिका कारण विद्यार्थी तथा अभिभावकहरूको विश्वाससमेत बढ्दै गएको सञ्चालक पक्षले जनाएको छ ।
पछिल्ला केही वर्षयता नेपाली युवाहरूमा जापानप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ । उच्च शिक्षा, रोजगारीको अवसर, सुरक्षित वातावरण तथा कमाइको सम्भावनाका कारण जापान नेपाली युवाहरूको प्रमुख गन्तव्य बन्दै गएको छ । विशेषगरी जापानी भाषा सीप भएका युवाहरूले अध्ययनसँगै काम गर्ने अवसर पाउने भएकाले ग्रामीण क्षेत्रका युवाहरू पनि यसतर्फ आकर्षित भइरहेका छन् ।
स्थानीय अभिभावकहरूका अनुसार गाउँमै गुणस्तरीय भाषा शिक्षा उपलब्ध हुँदा समय र खर्च दुवै बचत भएको छ । यसले आर्थिक रूपमा कमजोर परिवारका युवाहरूलाई पनि विदेश अध्ययन तथा रोजगारीको अवसरमा पहुँच विस्तार गर्न सहयोग पुगेको उनीहरूको भनाइ छ ।
स्थापना कालको छोटो अवधिमै प्राप्त सफलताले माझाटारस्थित “Precious Voyage Education Center” लाई अहिले युवाहरूको रोजाइको गन्तव्य बनाउँदै लगेको छ । स्थानीय स्तरमै सीप, भाषा र प्रक्रिया सिकेर अन्तर्राष्ट्रिय अवसर हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा यसलाई हेरिएको छ ।
भर्खरै मात्र COE प्राप्त गरेकाे भाइ बहिनीहरूलाइ बधाइ तथा शुभकामना ।
