गोरखा । +२ परीक्षा दिएर उच्च शिक्षा तथा वैदेशिक अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष करियर काउन्सेलिङ कार्यक्रम आयोजना गरिने भएको छ।
यही जेठ २ गते शनिवार दिउँसो १२ बजेबाट राधाकृष्ण चोकस्थित मिड हिल एग्रो फार्म (CTEVT जाने बाटो) मा सञ्चालन हुने कार्यक्रममा न्युजिल्यान्डका अध्यागमन सल्लाहकार श्री मयांक कुमार, गोर्खा इन्टरनेशनल ट्राभल एण्ड टुर्सका सञ्चालक तथा सिनियर सल्लाहकार श्री शुशील पन्त र Precious Voyage Education Center का Senior Consultant श्री सुभेक्षा थापाले सहजीकरण गर्नेछन्।
कार्यक्रममा +२ पछि अध्ययनका सम्भावना, विदेश अध्ययन प्रक्रिया, करियर छनोट, विद्यार्थी भिसा सम्बन्धी जानकारी तथा भविष्य निर्माणका अवसरबारे विशेष परामर्श प्रदान गरिने आयोजकले जनाएको छ।
विद्यार्थीहरूलाई सही मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भई मौकाको फाइदा लिन आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमको आयोजना Precious Voyage Educational Centre (PREVEC) ले गरेको हो। संस्थाको मुख्य कार्यालय काठमाडौंको सोह्रखुट्टेमा रहेको छ भने गोरखा र भैरहवामा समेत शाखा कार्यालय सञ्चालनमा रहेका छन्।
+२ पछि अब के गर्ने ? विद्यार्थीका लागि विशेष करियर काउन्सेलिङ कार्यक्रम हुँदै