सुनसरी / इटहरीस्थित नेपाल DVM ग्लोबल एकेडेमीले SEE 2082 मा 4.00 GPA सहित उत्कृष्ट नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ । एकेडेमीका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट उपलब्धिले विद्यालय मात्र होइन, समग्र शैक्षिक क्षेत्रलाई समेत गौरवान्वित बनाएको छ ।
यस ऐतिहासिक सफलतासँगै देशका भविष्यका आधारस्तम्भ सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ । विद्यालय प्रशासनले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको निरन्तर मेहनत, अनुशासन र समर्पणकै परिणामस्वरूप यस्तो गौरवपूर्ण सफलता सम्भव भएको जनाएको छ ।