Gorkha Sansar

“करुणा र संस्कार सिकाउँदै एभरेष्ट स्कुल : मुठीदान कार्यक्रम भव्य”

भक्तपुर । Everest English School मा बुद्ध जयन्तिको पावन अवसरमा आयोजित “मुठीदान कार्यक्रम” भव्य तथा भावपूर्ण वातावरणमा सम्पन्न भएको छ। भक्तपुर–२ मिबाछेंस्थित विद्यालयले वि.सं. २०७३ सालदेखि निरन्तर सञ्चालन गर्दै आएको उक्त कार्यक्रम यस वर्ष पनि विशेष उत्साहका साथ आयोजना गरेको हो।

कार्यक्रममा भक्तपुरस्थित Munivihar का भिक्षु तथा श्रामणेरहरूको गरिमामय उपस्थिति रहेको थियो। महागुरु, गुरु तथा श्रामणेर गरी २९ जना अतिथिहरू तथा ६ जना सेवक–सेविकाको सहभागितामा सम्पन्न कार्यक्रममा एभरेष्ट इङ्लिस स्कुल र भगिनी संस्था एभरेष्ट भक्तपुर स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बुद्धवाणी, शील प्रार्थना तथा धम्मोपदेशले विद्यालय परिसरलाई शान्त, गम्भीर र करुणामय वातावरणमा रूपान्तरण गरेको सहभागीहरूले बताएका छन्। भिक्षुहरूको प्रत्यक्ष उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त र आध्यात्मिक बनाएको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा विद्यालयका संस्थापक प्रिन्सिपल Bhaktaraj Bhandari ले बालबालिकामा दान, सेवा र संवेदनशीलताको भावना विकास गर्नु आजको आवश्यकता भएको बताउनुभयो। “एकजनाले दिए मुठी, धेरैले दिए मुरी” भन्ने सन्देशमार्फत सानो प्रयासले पनि समाजमा ठूलो परिवर्तन सम्भव हुने उहाँले स्पष्ट पार्नुभयो।

यस अवसरमा भक्तपुर मुनिविहारका तर्फबाट विपस्वी महास्थाविरसहित स्वदेश तथा विदेशबाट पाल्नुभएका गुरुहरूले बुद्ध दर्शनसम्बन्धी प्रेरणादायी धम्मोपदेश प्रस्तुत गर्नुभएको थियो, जसलाई उपस्थितहरूले अत्यन्त चासोपूर्वक श्रवण गरेका थिए।

कार्यक्रमबाट संकलित रु. २० हजार ९ सय ७० नगदसहित ४ मुरी चामल, २ बोरा बिस्कुट, १ बोरा साबुन, १ बोरा दाल, १ बोरा चिउरा, २ बोरा नुन, १५ दर्जन कापी, १५ दर्जन कलम तथा पेन्सिल र विभिन्न फलफूललगायत सामग्रीहरू Munivihar लाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.