Gorkha Sansar

बास नेपालद्वारा नयाँ वर्ष २०८३ को क्यालेन्डर विमोचन, सचेतनामूलक भूमिकाको प्रशंसा

नेपालगञ्ज, बैशाख २
नागरिकहरूमा सचेतना जगाउने संस्थाको रूपमा परिचित बास नेपालले आफ्नो प्रभावशाली कार्यलाई निरन्तरता दिँदै नयाँ वर्ष २०८३ को भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ।

बास नेपाल र नाइस नेपालगञ्जको संयुक्त आयोजनामा नेपालगञ्जमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सुशासन केन्द्र नेपालगञ्जका प्रमुख उजीर न्यौपानेले बास नेपाल नागरिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको संस्था भएको बताए।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपाल, बर्दियाका पूर्व अध्यक्ष कृष्ण जंग शाहले बास नेपाल अन्य संस्थाहरूभन्दा भिन्न रहेको उल्लेख गरे। उनले भने, “धेरै संस्थाहरूले गरेका काम सार्वजनिक गर्दैनन्, तर बास नेपालले आफ्ना गतिविधिहरू पारदर्शी रूपमा प्रस्तुत गर्ने गरेको छ, जसले नागरिकलाई संस्थाबारे स्पष्ट जानकारी दिन्छ।”

त्यस्तै, शिक्षाविद् जनार्दन आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै बास नेपालले सञ्चालन गर्दै आएका युवा लक्षित सचेतनामूलक कार्यक्रमहरू निरन्तर अघि बढ्नुपर्ने बताए। कार्यक्रममा शिक्षाविद् तथा बास नेपालका सल्लाहकार किरण आचार्यले पनि शुभकामना मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट तथा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थितिमा संयुक्त रूपमा नयाँ वर्षको क्यालेन्डर विमोचन गरिएको थियो।

यसै अवसरमा असल शासन सूचना केन्द्रद्वारा प्रदेश सुशासन कार्यालयको पुस्तकालयलाई विभिन्न ५८ प्रकारका १९८ थान पुस्तकहरू हस्तान्तरण गरिएको थियो।

कार्यक्रम बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.