Skip to main content

Gorkha Sansar

गणित शिक्षा परिषद गाेरखाकाे पाँचाै अधिवेशन सम्पन्नः अध्यक्षमा गणेशराज सापकाेटा

कार्तिक १, गाेरखा

गाेरखाकाे सदरमुकामस्थित शक्ति मा.वि.पाटेचाैरमा अाज भएकाे गणित शिक्षा परिषदकाे पाँचाै अधिवेशनबाट गणेशराज सापकाेटाकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएकाे छ ।

समितिका अन्य पदाधिकारीहरूमध्ये  उपाध्यक्षमा पूर्ण बहादुर बि.क, सचिवमा रामकृष्ण ढकाल, काेषाध्यक्षमा सम्झना थापा मगर र सदस्यहरूमा राजु श्रेष्ठ, सुवास अाले मगर, खेमराज अधिकारी, रामकुमार अंगाइ र मनाेज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै गरी अधिबेशनबाट पूर्व अध्यक्ष मिन बहादुर नेपालीकाे संयाेजकत्वमा सल्लाहाकार समिति समेत गठन गरिएकाे नवनिर्वाचत अध्यक्ष सापकाेटाले जानकारी दिनुभयाे ।

अधिवेशन अध्यक्ष मिन बहादुर नेपालीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

गणित बिषय शिक्षण गराइरहेका शिक्षकहरूकाे वीचमा अन्तरक्रिया गर्ने, पठन पाठनमा अाएका समस्याहरूकाे समाधानकाे खाेजी गर्ने र शिक्षण सिकाइ प्रभावकारी बनाउने उदेश्यका साथ परिषद गठन गरी लामाे समयदेखि बिभिन्न क्रियाकलापका साथ अघि बढिरहेकाे छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.