Skip to main content

Gorkha Sansar

धरानमा अविरल वर्षापछि पहिरो, स्थानीयको घरमा क्षति

धरान, २३ साउन अविरल वर्षासँगै आएको पहिरोले सुनसरीको धरान उपमहानगरपालिका–३ हृदयेन्द्र मार्गमा रहेको स्थानीय छजुङ भोटेको घरमा क्षति पुर्याएको छ ।

स्थानीयका अनुसार लगातारको वर्षापछि घरको माथिल्लो भागबाट माटो र ढुंगासहितको पहिरो बग्दा घरको पछिल्लो भागमा ठूलो क्षति पुगेको हो । घटना भएको बेला घरभित्रका सदस्यहरू सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

पहिरोका कारण वरिपरिको बाटो पनि आंशिक अवरुद्ध भएको छ । स्थानीय बासिन्दा र टोल विकास समितिको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।

धरानमा पछिल्ला दिनहरूमा निरन्तर वर्षा भइरहेकाले पहिरो र बाढीको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.