पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु संग कार्यसम्पादन सम्झौता गरेको छ। प्रधानाध्यापकहरु र वडाध्यक्षहरुको संयुक्त भेला आयोजना गरी उक्त सम्झौता गरिएको हो। कार्यक्रममा नगर प्रमुख विवस चिन्तन र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको विशेष उपस्थिति रहेको थियो। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पूर्ण बहादुर नेपालीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा शाखाका स्रोत शिक्षक सन्तोष पाण्डेले कार्यसम्पादनका सर्तहरु र मापदण्डका सूचकहरुको प्रस्तुतिकरण गर्नु भएको थियो।कार्यसम्पादन सम्झौतामा ११ ओटा सर्तहरु र ९ ओटा मापदण्डका सूचकहरु रहेका छन्। कार्यसम्पादन सम्झौताको आधारमा नगरपालिकाले माध्यमिक तहमा कार्यरत प्रधानाध्यापकहरुलाई मासिक रु ३,०००/-, निम्नमाध्यमिक तहका प्रधानाध्यापकहरुलाई मासिक रु २,०००/- र प्राथमिक तहका प्रधानाध्यापकहरुलाई मासिक रु १,५००/- प्रोत्साहन भत्ता उपलब्ध गराउनेछ।उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख विवस चिन्तनले कार्यसम्पादन सम्झौताको मापदण्ड मूल्याङकनमा ९० भन्दा माथि अङ्क प्राप्त गर्ने प्रधानाध्यापक कार्यरत विद्यालयलाई पालिकाले नमूना विद्यालय घोषणा गर्ने वताउनुभयो।
थप समाचार
-
११० दिनसम्म धर्नामा बस्दा पनि सरकार मौन, पेन्सनको न्याय माग्दै त्रिविका प्राध्यापक अझै आन्दोलनमै
गोर्खा संसारJuly 31, 2026काठमाडौं, साउन १५ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले पेन्सनसम्बन्धी विभेदपूर्ण व्यवस्थाको खारेजी र समान सेवा–सुविधाको माग गर्दै थालेको आन्दोलनले शुक्रबार ११० दिन पूरा गरेक... -
स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्यक्रम आइतबार आयोजना हुने !!!
गोर्खा संसारJuly 25, 2026काठमाडौं, साउन ८ स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको एक महत्वपूर्ण बैठक आज काठमाडौंको हात्तिसारस्थित हिमालयन रेस्टुरेन्टमा सम्पन्न भएको छ। बैठकले आगामी आइतबार दिउँसो १२:३० बजे ... -
अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न
गोर्खा संसारJune 20, 2026अभिभावक शिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न पालुङटार–७, खत्रीटार, गोरखा । च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजनामा बालकल्याण माध्यमिक विद्यालयमा आयोजित अभिभावक शिक्षा कार्यक्रम ... -
हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण
गोर्खा संसारJune 20, 2026हस्तलेखन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पालुङटार, गोरखा । पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालित आधारभूत तह (कक्षा १–५) स्तरीय हस्तलेखन प्र... -
पालुङटारमा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने तालिम सुरु
गोर्खा संसारJune 18, 2026पालुङटार, असार ३ । पालुङटार नगरपालिकाको आयोजनामा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने कस्टमाइज्ड तालिम आजदेखि सुरु भएको छ। पालुङटार नगरपालिका सभाहलमा आयोजित कार्यक्रम नगरप्... -
अभिभावक शिक्षामार्फत विद्यार्थीको भविष्य निर्माणमा जोड, पालुङटार–७ मा असार २ गते विशेष कार्यक्रम सम्पन्न
गोर्खा संसारJune 16, 2026गोरखा, असार २। गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा अभिभावकहरूको भूमिका सुदृढ बनाउने उद्देश्यसहित ‘अभिभावक शिक्षा कार्यक्रम’ आयोजना हुने भएको छ...