अाज (असार २८ गते) बिहिबारका दिन पोखरा विश्वविध्यालय जनस्वास्थ्य समुह ‘क’ विद्यार्थीहरूद्वारा जीवन ज्योती मा वि सभागृह हलमा लक्षित समुहहरूको उपस्थितिमा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगतको शुद्ध पिउने पानी विषयक शुक्ष्म स्वास्थ्य परियोजना कार्यक्रम सुसम्पन्न भएको छ । कार्यक्रम आयोजक टिमले यसअघि समुदायमा सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका क्रममा समुदायबाट नमुना तत्थ्यांक संकलन गरि प्रमुख समस्या प्राथमिकिकरण गरि समुदायकै संलग्नतामा वास्तिवक समस्या पहिचान गरि प्रथम समस्याको रूपमा पर्न गएको शुद्ध पिउने पानीको समस्यामा केन्द्रित रहि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा टिम लिडर तथा कार्यक्रम संचालक समुन्द्र लगुन लगायत प्रकृति रेग्मी, अर्चना सापकोटा, अस्मिता रानभाट, दिभ्या देवकोटा, सामना मरासीनी, सुजता कडेल, सगुन कुमाल, सदिक्षा भ०डारी, प्रेक्षा धामीले शुद्घ पिउने पानीको महत्व, दुषीत पिउने पानीका स्वास्थ्य असरहरू, पानी शुद्धीकरणका उपाय तथा बिधिहरू लगायतका विषय प्रस्तुतीकरण, प्रदर्शनीका साथै र्याली कार्यक्रम गरि जनचेतना जगाएका थिए । समुदायमा अधिकांश मानिसहरू पिउनको लागि मुहान कुवाको स्रोतमा निर्भर रहने, मुहान कुवाको उपयूक्त व्यवस्थापन संरक्षण नभएको, फोहोर व्यवस्थापनका समस्या, बर्खायामको भलका कारण स्रोतमानै पानी प्रदुषित हुने, अधिकांश घरमा पानीको शुद्धिकरण नहुने हुँदा अधिकांश समुदायका मानिसहरू शुद्ध पिउने पानीको अभावबाट हुने स्वास्थ्य समस्या जस्तै झाडापखाला, आँउ, टाइफाइड, ज्वरो रूघाखोकीको जोखिममा रहेको तथ्यांक र सामुदायिक छलफलबाट जानकारीमा आएको थियो । त्यसैमा आधारित रहि घरेलु स्तरमा नै पानीलाइ उमालेरमात्र पिउने, उपलब्धताअनुसार फिल्टर वा क्लोरिन बिधिद्वारा शुद्धिकरण गर्न सकिने, पानीको स्रोत सरसफाइ संरक्षणमा पनि ध्यान पुर्याउन पर्ने, पानी प्रयोग हुने भाँडाको सरसफाइ साथै व्यक्तिगत सरसफाइमा पनि सतर्क हुनुपर्ने कुराहरू कार्यक्रम आयोजकले सुझाएका थिए । कार्यक्रम संचालकले गोरखा संसारलाइ कार्यक्रमका बारेमा जानकारी गराउँदै सहभागी जनसमुदायका प्रतिक्रिया अनुसार कार्यक्रम जनचेतनामुलक, उपयोगी रहेको र शुक्ष्म स्वास्थ्य कार्यक्रम जनसहभागितामा सफलताका साथ सुसम्पन्न भएको जानकारी गराउनुभयो । साथै यहि असार ३१ गते अन्तिम प्रस्तुतिकरण कार्यक्रम गरि सम्पूर्ण सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका कार्य पुरा गरि साउन २ गते विश्विविद्यालय फर्कने जानकारी गराउनुभयो ।
थप समाचार
-
पूजा सामग्रीको घिउ खाँदा ओमकार आयुर्वेद गुरुकुलका ९ बटुक बिरामी
गोर्खा संसारJune 25, 2026गोरखा। डुम्रेबाट ल्याइएको पूजा सामग्रीको घिउ सेवन गर्दा ओमकार योग आयुर्वेद गुरुकुल पालुङटार ७ च्याङ्ली, चुँदीघाट का ९ जना बटुक बिरामी परेका छन्। हवनका लागि ल्याइएको घिउ बटुकहरूले... -
पालुङटारमा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने तालिम सुरु
गोर्खा संसारJune 18, 2026पालुङटार, असार ३ । पालुङटार नगरपालिकाको आयोजनामा विद्यार्थी मनोसामाजिक परामर्शसम्बन्धी ५ दिने कस्टमाइज्ड तालिम आजदेखि सुरु भएको छ। पालुङटार नगरपालिका सभाहलमा आयोजित कार्यक्रम नगरप्... -
पालुङटार नगरपालिकाको ऐतिहासिक कदम, आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा
गोर्खा संसारJune 15, 2026पालुङटार, गोरखा । पालुङटार नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित वडा नं. ६ स्थित गाइखुर स्वास्थ्य चौकी, भोटेकाटेलाई स्तरोन्नति गरी नगरस्तरीय आधारभूत अस्पतालका... -
गाउँमै सम्भव जटिल शल्यक्रिया : आँपपिपल अस्पतालमा हर्नियाको सफल अपरेसन
गोर्खा संसारJune 12, 2026गोरखा, जेठ २८ । गोरखाको आँपपिपल अस्पतालले सीमित स्रोत–साधन र पूर्वाधारका बीच पनि विशेषज्ञ शल्यक्रिया सेवा गाउँमै उपलब्ध गराउँदै आएको अर्को उदाहरण प्रस्तुत गरेको छ। अस्पतालमा २०८३ ... -
दुईवटा रक्तनली बन्द, ८० वर्षीय वृद्धलाई नेपाल मेडिकल कलेजले दियो नयाँ जीवन
गोर्खा संसारJune 9, 2026काठमाडौं । मुटुको दुईवटा मुख्य रक्तनली बन्द भएर ज्यानै जोखिममा परेका ८० वर्षीय एक वृद्धको नेपाल मेडिकल कलेजले सफल उपचार गरेको छ। अत्याधुनिक क्याथ ल्याब र विशेषज्ञ चिकित्सकको टोलीको... -
पालुङटार ७ च्याङ्ली मा मानसिक स्वास्थ् कार्यक्रम सम्पन्न
गोर्खा संसारJune 8, 2026जीवनज्योति माविमा मानसिक स्वास्थ्य सचेतना तथा जीवनशैली परिवर्तन सम्बन्धी कार्यक्रम सम्पन्न पालुङटार नगरपालिका वडा नम्बर ७, च्याङ्लीस्थित जीवनज्योति माध्यमिक विद्यालयमा मानसिक स्वास...