फागुन ७, २०७९
कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्तिका नेता अरूण चौधरी आज रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा असल आचरण अर्न्तगत उनलाई कैदमाफि सहित रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी लगायत ४ जना आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।
थप समाचार
-
जेन–जी विद्रोहको स्मरण गर्दै “वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न” नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 8, 2026अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’ काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोह... -
लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग
गोर्खा संसारAugust 19, 2026काठमाडौँ - लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग गर्दै राजनीतिक दलका कार्यालयमा डेलिगेसन जान थालेका छन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक ... -
सिंहदरबारमा बनिरहेको नयाँ संसद् भवन: ६ वर्षपछि पनि अधुरो, बजेट भाषण त्यहीं गर्ने दबाब
गोर्खा संसारApril 21, 2026काठमाडौँ / संघीय संसद्को नयाँ भवन निर्माण कार्य करिब सम्पन्नतिर पुगे पनि अझै पूर्ण रूपमा तयार हुन सकेको छैन । सिंहदरबार परिसरमा निर्माणाधीन भवनमा हाल ९४ प्रतिशत भौतिक प्रगति भएको भ... -
बालेन्द्र शाह को ‘सिंहदरबार मोडेल’: काममा तीव्रता, तर संवादमा प्रश्न
गोर्खा संसारApril 17, 2026काठमाडौँ / बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि अपनाएको ‘सिंहदरबार केन्द्रित’ कार्यशैलीले सरकारी संयन्त्रमा नयाँ गति ल्याएको देखिएको छ । विगतका सरकारहरूभन्दा फरक रूपमा उनले बालुवाटा... -
संघीयतामा वित्तीय संकटको घण्टी: प्रदेश र स्थानीय तहको आक्रोशबीच ‘बिग ब्याङ’ सुधारको घोषणा
गोर्खा संसारApril 17, 2026काठमाडौँ / अर्थमन्त्री स्वर्णिम वाग्ले ले पद सम्हालेपछि पहिलो पटक अन्तरसरकारी वित्त परिषद्को बैठक आयोजना गर्दा संघीय संरचनाभित्रको गहिरिँदो वित्तीय असन्तुलन सतहमा आएको छ । पाँच घण्... -
बफर स्टेट’ विवादले तातेको कूटनीति: राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा शब्द चयनमाथि गम्भीर प्रश्न
गोर्खा संसारApril 16, 2026काठमाडौं / सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदामा प्रयोग गरिएको ‘बफर स्टेट’ शब्दले राजनीतिक र कूटनीतिक वृत्तमा व्यापक बहस सिर्जना गरेको छ । संसद्मा प्रतिन...