मर्स्याङदी उपत्यका बनाएर अार्थिक रूपमा राजधानी बनाउन सकिने

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले मर्स्याङदी नदि छेउछाउका भूभागका जाेडेर अार्थिक रूपमा राजधानीकाे रूपमा बिकास गर्न सकिने बताउनुभयाे ।

सोमवार पालुङटारमा आयोजित चुनावी सभालाई संवोधन गर्ने क्रममा अार्थिक रूपमा क्रान्ति गर्न सक्ने सम्भावना रहेकाे बताउनुभएकाे हाे ।

‘तनहुँमा रामचन्द्र पौडेल, लामजुङमा देव गुरुङ र गोरखा २ मा म, यी तिनै नेताहरुले मौका पर्योे भने देशको नेतृत्व लिन सक्ने नेता हुन्’ उहाँले भन्नुभयाे ‘बृहत्तर योजना बनाएर भुगोल र जनसंख्या मिलाउँदै अर्थतन्त्रमा गुणात्मक फड्को मार्ने गरी योजना बनाउन सकिन्छ, बिकासको निम्ती निर्णयक भुमिका हामी खेल्न सक्छौँ ।’

गठबन्धनका सबै दल मिल्नुको बिकल्प नभएको बताउँदै उनले कसैको पनि भुल भुलैया भ्रामक प्रचारमा नलाग्न उहाँले अनुरोध गर्नुभयाे । हरेक भाषणमा दाहालले गोरखामा १२ सय मेघावाटको बूढीगण्डकी आयोजना निर्माण गर्ने, बेनिघाट–आरुघाट–लार्के सडक निर्माण गर्ने, गोरखकाली रबर उद्योग संचालन गर्ने, गोरखालाई धार्मीक, सांस्कृतीक एवं हिमाली पर्यटकीय केन्द्र बनाउने, पालुङटार एरपोर्ट संचालन, जडिवुटी प्रशोधन गरी जनताको जिबनस्तरमा परिर्वतन ल्याउने घोषणा गर्दै आउनुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.