पालुङटारमा एमाले उमेदवार अब्दुसकाे टाेलीमाथि एमालेकै कार्यकर्ताद्वारा अाक्रमण :नेता काफ्ले घाइते

कार्तिक २८, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा नेकपा एमालेका तर्फबाट गाेरखा क्षेत्र नं. २ का उमेदवार अब्दुस मियाकाे टाेलीमाथि अाक्रमण हुँदा  नेता हरि काफ्ले गम्भीर घाइते हुनुभएकाे छ ।

हिजाे राती अबेरसम्म पालुङटार ७ मा अवस्थित च्याङली म्याङ्गाे गार्डेन रिसाेर्टमा रहेका एमालेका कार्यकर्ताहरूबीच राती करीब ११ बजेतिरकाे समयमा सँगै रहेका एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्ले माथि बियरकाे बाेतल प्रहार गर्दा काफ्लेकाे टाउकाेमा चाेट लागेकाे छ । काफ्ले एमालेका उमेदवार अब्दुस मियाँलाइ सघाउन अाउनुभएकाे थियाे ।

घाइते काफ्लेलाइ तत्काल डुम्रेस्थित एक मेडिकलमा उपचारपछि काठमाण्डाै पठाइएकाे प्रहरीले जानकारी दिएकाे छ । काफ्लेकाे टाउकाेमा ७ वटा टाँका लगाइएकाे बताइएकाे छ ।

तत्कालै घटनास्थल पुगेकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारकाे टाेलीले रिसाेर्टबाट एक जनालाइ नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पठाएकाे छ भने एकजनालाइ डुम्रे प्रहरी चाैकीकाे टाेलीले नियन्त्रणमा लिएकाे जानकारी प्राप्त भएकाे छ । अाक्रमण गर्नेहरू ५ जनाकाे समूहमा रहेकाेमा ३ जनाभने फरार रहेकाे प्रहरीले जनाएकाे छ ।

घटना घटेकै समयमा अब्दुस भने त्यहाँ रहेका थिएनन ।

घाइते भएका काफ्लेका अनुसार तनहुँका युवा संघका केही युवाहरू उहाँहरू बसेकाे रिसाेर्टमा अाएका र खाना खाने बेलामा भनाभन हुन थालेपछि रिसाेर्ट कर्मचारीले एमालेकै कार्यकर्ताहरू भएकाे र सम्झाइदिन अाग्रह गरेपछि अाफू एमाले गण्डकी प्रदेश सदस्य भएकाे र झै झगडा नगर्न भनी सम्झाउन लाग्दा एक्कासी बाेतलले टाउकाेमा प्रहार गरेका हुन ।

एक सूत्रका अनुसार अाक्रमण गर्नेहरू पनि नेकपा एमाले निकट भातृसँगठनकै कार्यकर्ता भएकाे जनाइएकाे छ भने अाधिकारिक पुष्टि हुन भने बाँकी छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.