बालाजुको लोलाङ हाइटमा भीषण आगलागी

काठमाडौँ, ७ कात्तिक ।

काठमाडौंको बालाजुस्थित लोलाङ हाइटमा भीषण आगलागी भएको छ । बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको हो ।

आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् । घटनास्थलमा ४ दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका छन् ।

आगलागीको कारण भने पत्ता नलागेको प्रहरीले बताएको छ।

Source: onlinekhabar

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.