नेता जनताको मनमनमा बसेको हुनुपर्ने रबि लामिछानेकाे भनाइ

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेता त्याे हो जो जनताको मनमनमा बसेको हुनुपर्ने बताएका छन् । आइताबार तनहुँ जिल्ला व्यास नगर पालिकामा पाटिले राखेको कमिटि गठन तथा जिल्ला भेलामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापति तथा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उमेद्धवार विकाश सिग्देलको सभापतित्वामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै सभापति लामिछानेले जनताको दुखमा साथ खोजेको बेला आपनो पार्टीले सहयोग गरेर जनताको मन मनमा बस्न चाहेको बताएका छन् ।

आफ्नो पार्टीको सबै उम्मेदवारहस्को आफुले जिम्मा लिने र चुनाव जिते पछि जनताले चाहे जस्तो काम नभए आफ्ना उमेदवारहरुलाई फिर्ता गर्ने बताए । आफु पार्टीमा आएको कुनैे स्वथा नभएको र आफ्नो पार्टीका उम्मेदवारले कुनै भ्रष्ट नगरर्ने समेत बताएका छन् ।

उनले संसारका कयौं देशहरुमा एक जना व्यक्तिका कारण देशमा आमूल परिवर्तनका साथै आर्थिक उन्नति गरेको चर्चा गर्दै हाम्रो देशमा पनि त्यस्ता व्यक्तिको आवागमन हुन आवश्यक देखिएको बताए । संसार विकासित भै रहँदा हामी पनि अछुतो हुन सक्दैनौ । उनले भने, ‘हाम्रो देशमा त्यस्ता नेतृत्व चाहिएको छ,जसको आगमनसंगै आमूल परिवर्तन गरी देशलाई स्वर्ग जस्तो बनाउन सकोस् ।’

देशलाई परिवर्तनको लागि अघिल्ला पुस्ताको ठूलो योगदान रहेको उल्लेख गर्दै सभापति लामिछानेले लामो समय देखि राजनीतिक क्षेत्रमा नेतृत्व गर्दै आएका राजनीतिक दलका नेताहरुलाई आराम लिन आग्रह गरिएको उनले बताए ।
राजनीतिक नेतृत्वको जिम्मेवारी युवापुस्तालाई दिन र बिश्राम गरी युवा पुस्तालाई मार्ग निर्देशन दिन स्वतन्त्र पार्टी चुनावी मैदानमा उत्रिनुपरेको उनले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.