गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तर्फ १० जनाकाे उम्मेदवारी दर्ता

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तर्फ १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आईतवार मनोनय दर्ता गराउने समय अवधी भित्र प्रतिनिधि सभाकालागि १० र दुईवटा प्रदेश सभामा १७ जनाले उम्मेदवारी दिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस (गठबन्धन) बाट राजेन्द्र बजगाई, नेकपा एमालेबाट रामशरण बस्नेत, जनसमाजवादी पार्टी बाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयबहादुर भट्ट, मंगोलनेशनल अर्गनाईजेशनबाट देवबहादुर थापा, नेपाल शुसासन पार्टीबाट मिनकुमार श्रेष्ठ, जसपा नेपालबाट रुपेश राना, नेमकिपाबाट लिलाकुमारी बूढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुवर्ण रोकाय उम्मेदवार रहेका छन् ।

यस्तै भिमसेन थापा १ का बिष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.