गोरखाका आठ जना नेकपा माओवादी केन्द्रको पोलिटव्यूरोमा मनोनित

नेकपा माओवादी केन्द्रको १५६ सदस्यीय पोलिटव्यूरोमा गोरखाका आठ जना मनोनित भएका छन् ।

बिहिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो गठन गरेका हुन् । पार्टी अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत गरेका पोलिटव्यूरो सदस्यहरुमा गोरखाका आठ जना रहेका छन् ।

प्रचण्डले प्रस्तुत गरेको सूचीमा गोरखाका नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, परशुराम रम्तेल, हरि अधिकारी, अमर तमु, चुडामणि खड्का, कृष्ण धिताल र लेखनाथ न्यौपानेको नाम उल्लेख छ ।

असार १९ गतेबाट सुरु भई दुईदिन स्थगित भएर बिहीबार बसेको केन्द्रीय समिति बैठकले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको हो । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष , एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ ।

माओवादीले गत पुस महिनामा आठौं महाधिवेशन आयोजना गरे पनि केन्द्रीय समिति , स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारीको टुंगो लगाउन सकेको थिएन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.