नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूले मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा सपथ लिए

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिृकत दिनबन्धु बरालले निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

चुमनुब्री गाउँपालिका बाहेक जिल्लाका सबै स्थानीय तहका प्रमुख शपथ ग्रहण कार्यक्रममा सहभागिता रहेका थिए ।

स्थानीय सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारीमा आइपुगेका नवनिर्वाचित जनप्रतिनिधिहरुले जनतालाई गाउँ सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बरालले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । साथै उनले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिए ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.