जेठ २, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ३ मा पनि नेपाली कांग्रेसकाे प्यानल बिजयी भएकाे छ । नेपाली कांग्रेसका रबिन्द्र अधिकारी वडाध्यक्षमा निर्वाचित भएका हुन । भर्खरै सकिएकाे मतपरिणाम अनुसार उनले कूल ५९४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी माअाेवादी केन्द्रका उमेदवारले ४०३ मत ल्याएका छन् ।
उनीसंगै वडा नं. ३ मा निर्वाचित हुनेहरूमा रंजिता गिरी बस्नेत, तारा परियार, धनसिँह गुरूङ र बिष्ण गिरी रहेका छन ।
यसअघि वडा नं. ९ मा पनि नेपाली काँग्रेसकाे प्यानल बिजयी भएकाे छ । हाल वडा नं. ८ काे मतगणना भइरहेकाे छ भने वडा नं. ४ काे मतगणना काे तयारी भइरहेकाे छ ।
हालसम्मकाे परिणामअनुसार मेयर पदका लागि नेका का दिपक कंडेल काे २४८८, माअाेवादी केन्द्रका बिबस चिन्तनकाे २६७६, र जसपा का प्रेम गुरुङकाे २६९२ मत रहेकाे छ ।
त्यस्तै गरी उपमेयर पदका लागि भने एमालेकी पार्वती पाठककाे १४२७, नेपाली काांग्रेसकी चेत कुमारी श्रेष्ठकाे २४४१ र माअाेवादी केन्द्रकी बन्दना पाण्डेकाे २७१९ मत रहेकाे छ ।