गोरखाको शहीदलखन गाउँपालिका वडा नं १ मा नेकपा एमालेका उम्मेदवार प्रेम गुरुङ सहित प्यानलै विजयी भएका छन् ।
उनले ६ सय ४७ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका टोप बहादुर आलेले ४ सय ५४ र माओवादीका सन्जिप थापाले ४ सय ७ मत ल्याएका छन् ।
वडा सदस्यहरुमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।
महिला वडा सदस्यमा ६ सय ८४ मत सहित एमालेकी उम्मेदवार सुनिता थापा न्यौपाने, दलित महिला सदस्यमा कोपिला विका कोइराला ६ सय ३ र खुल्ला सदस्यमा एमालेकै फत्तबहादुर थापा ५ सय ९६ मत र लालबहादुर गुरुङ ५ सय ९४ मत प्राप्त गरी विजयी भएका छन् ।