गोरखा, स्थानीय चुनाव को लहर चलिरहेको बेला गोरखामा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा गोरखाका दुई नगरमा चुनावी तालमेलको असफल प्रयास भएको छ ।
गठबन्धन नहुने र मित्रबत प्रतिस्पर्धा गर्ने निणयको साथ गोरखामा गठ बन्धन दलहरु आ-आफ्नै तरिकाले उमेदवारी दर्ता गरेका थिए ।
माओवादी र जसपाको किचलो को कारण जिल्ला भर गठ बन्धन हुन सकेको थिएन ।
उमेदवारी फिर्ता लिने अन्तिम समयमा आएर केन्द्रबाट पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा पालुङटार नगरपालिका मेयर जसपालाई दिने र गोरखा नगरपालिका मेयर कॉंग्रेसलाई सहयोग गर्ने गरी शेर बहादुर देउबा को ठाडो हस्तक्षेप मा निणय भए ता पनि ।
उमेदवार को फिर्ता लिने समय गुज्रीसकेपछी केन्द्र बाट गएको मेलका कारण कॉंग्रेस पालुङटार मेयर उमेदवार दिपक बाबु कंडेलको उमेदवारी जोगिएको छ ।
गत निर्वाचनमा निर्वाचित भएको बलियो उमेदवार हुन ।
उमेदवार दिपक बाबु कंडेल ।
आफुले जितेको नगरपालिकालाई नगरवासीको चाहाना बिपरीत भट्टराईले ठाडो पावर लगाएर कॉंग्रेसको जनमत माथी आक्रमण गर्नु र आफ्नो प्रभुत्व देखाउन खोज्नु फलदायी नहुने पालुङटार बासी कॉंग्रेस जनको आक्रोस छ ।
इन्जिनियर समेत रहेका दिपकबाबु कंडेल यस अघि पनि पालुङटार नगरपालिकाका मेयर हुन् । २०७४ मा उनले माओवादीका उम्मेदवारलाई हराउँदै बिजयी बनेका थिए ।
देउवाले उम्मेदवार फिर्ता बोलाउने पत्र निर्वाचन अधिकृतको कार्यालय पालुङटारमा नभई मूख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा पठाए । पाँच बजे भित्र पालुङटार जानुपर्ने उम्मेदवारी फिर्ताको पत्र ५ः५० मा मात्र आईपुगेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।
‘५ बजे भित्र पत्र आएको भए उम्मेदवारी फिर्ता हुन्थ्यो, हामीले नाम सार्वजनीक गरेपछि पत्र पाएका छौँ’ उनले भने ‘उम्मेदवारी कायम छ ।’ पत्रमा निर्वाचन अधिकृतको कार्यालय पालुङटारलाई संवोधन गरिएको छैन ।
समयमै आधिकारिक पत्र निर्वाचन अधिकृतको कार्यालयले प्राप्त नगर्दा देउवाले फिर्ता लिएका मेयर कंडेलको नाम अन्तिम नामावलीमा टाँस गरिएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) मा उल्लेख भए अनुसार केन्द्रिय समितिले उम्मेदवार फिर्ता बोलाउन सक्ने ब्यवस्था छ ।
अन्तिम नामावलीमा नाम टाँस भएकाले अब निर्वाचन प्रक्रियामा सहभागी हुनुको बिकल्प नरहेको मेयर पदका उम्मेदवार दिपकबाबु कंडेलले बताए ।
मेयर पदका लागि पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट कंडेल सहित नेकपा एमालेका हरि भट्ट, माअाेवादी केन्द्रबाट बिबश चिन्तन अजय, जसपाबाट प्रेम गुरूङ र स्वतन्त्र बाट रामचन्द्र काफ्ले, राप्रपा का गाेपालबहादुर थापा, समाजवादीका शिवराज पाैडेलसहित १० जना को उमेदवारी रहेकाे छ ।