माओवादी पालुङटारमा मेयरमा सातजनाकाे उम्मेदवारी परेकाे छ । आइतबार बसेको नगर कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आकांक्षी ७ जनाको नाम नै गण्डकी प्रदेश कमिटिमा सिफारिस गरेको हो। उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ। मेयरमा मदन देवकोटा, विकास वाग्ले, जीवन बयलकोटी, इन्द्रराज भट्टराई, विवश चिन्तन, पम्फा बसेल र खोप बहादुर कंडेलले मेयरमा आंकाक्षा व्यक्त गरेका छन् । उनीमध्येमा सर्बसम्बत कोहि नभएपछि उम्मेदवारी परेको हो । उपमेयरमा आशिष देवकोटा, सुमन आचार्य, विकास भट्टराई, केशव न्यौपाने, शर्मिला बगाले, निर्मला मल्ल, वन्दना पाण्डे, उषा पाण्डे र शंकरराज कंडेललाई सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला भित्रका अन्य स्थानीय तहमा चैत्र ३० गतेभित्र प्रदेश कार्यालय पठाउन निर्देशन दिएकाे छ ।
पालुङटार माअाेबादीमा मेयरका लागि ७ र उपमेयरका लागि ९ जनाकाे दावी
Facebook Comments Box