नेपाली काँग्रेस बन्दिपुर गाउँ कार्य समितिकाे सभापतिमा ८ जना आकाँशी देखिनु भएकाे छ । स्राेतले दिएकाे जानकारी अनुसार सभापतिका लागि वर्तमान सभापति कर्णबहादुर खत्री, बैशबहादुर गुरुङ , राजु बानियाँ , श्याम श्रेष्ठ , विपिन गुरुङ , गणेश बहादुर गुरुङ , किशन प्रधान र बिरेन गुरुङ आकाँशी देखिएका हुन् ।
त्यसैगरी वडा सभापतिहरूमा पनि अहिले सम्म सर्वसम्मत हुन सकेकाे छैन् । वडा नं. १ मा देवेन्द्र खनाल र रुद्रनिधि नैनावस्तीले सभापतिमा ईच्छा देखाउनु भएकाे छ भने वडा नं. २ का लागि नारायण खड्का , गाेकर्ण बानिया र ध्रुब केसीकाे प्रतिस्पर्धा हुने देखिएकाे छ । वडा नं ३ मा कुलबहादुर अधिकारी , पदम गुरुङ , हरिप्रसाद भट्टराई र नारायण दत्त भट्टराई बिच प्रतिस्पर्धा हुने देखिएकाे छ । वडा सभापति कै लागि वडा नं. ४ मा शिशिर थापा मगर, रामचन्द्र भण्डारी , बुद्धि बहादुर गुरुङ र चित्रबहादुर थापाले ईच्छा देखाउनु भएकाे छ भने वडा नं. ५ मा रिता तिवारी , अच्युत घिमिरे, बरुण भट्टराई , सुरज श्रेष्ठ ( मदन ) र कृष्ण गुरुङले सभापतिका लागि उम्मेदवारी घाेषणा गर्नु भएकाे छ । त्यस्तै वडा नं ६ मा खुराकजंग गुरुङ र बुद्धि गुरुङकाे वडा सभापतिका लागि प्रतिस्पर्धा हुने देखिएकाे छ ।
यहि साउन १२ गते हुने वडा अधिवेशनमा सर्वसम्मत गराउनका लागि पहल भैरहेकाेले अधिकांश वडामा सर्वसम्मत हुनेमा विश्वस्त रहेकाे गाउँ सभापति कर्णबहादुर खत्रीले जानकारी दिनुभयाे । काँग्रेसकाे १६ गते पालिका र २० गते क्षेत्रिय अधिवेशन हुँदैछ ।
नेपाली काँग्रेस बन्दिपुर गाउँ कार्य समितिकाे सभापतिमा ८ जना आकाँक्षी: कसले मार्ला बाजी
Facebook Comments Box