‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ बहसका लागि चुनौती

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रिय समस्या भनेको भन्दै बहसका लागि चुनौती दिएका छन्।

प्रचण्डले राष्ट्रिय समस्या आफू हो कि प्रधानमन्त्री ओली बहस गरौं भन्दै चुनौती दिए।

‘प्रधानमन्त्रीजीले कहिले काहीँ प्रचण्ड राष्ट्रिय समस्या भयो भन्ने गरेको सुन्छु। के मैले वाम गठबन्धनको प्रस्ताव गरेर तपाईंलाई प्रधानमन्त्री बनाएको राष्ट्रिय समस्या भएर हो?’ सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसिरहेको बैठकमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने,‘म हो राष्ट्रिय समस्या कि तपाईं हो राष्ट्रिय समस्या ? आउनुस् बहस गरौं।’

उनले पार्टीभित्रको समस्यालाई लिएर प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप पनि लगाए। प्रचण्डले अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता तोडिएपछि ओलीले विश्वासको मत लिनु पर्नेमा अहिले आएर लिएको बताए।

अहिले ओलीले किन विश्वासको मत लिन लागे? भन्दै भन्दै आम रुपमा प्रश्न उठिरहेको र त्यसमा आफ्नो पनि समान धारणा रहेको उनले बताए।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.