तनहुँको बन्दिपुर ५ मा नेपाल तरुण दल वडा कमिटि गठन

तनहुँको बन्दिपुर ५ मा नेपाल तरुण दल वडा कमिटि गठन गरिएको छ । मदन कुमार श्रेष्ठको नेतृत्वमा बन्दिपुर ५ कोरिखामा गठन गरिएको वडा कमिटिको उपाध्यक्षमा तारामाया भुजेल,सचिबमा भुवन वि.क कोषाध्क्षमा होमराज गुरुङ्ग सदस्यहरुमा राम गुरुङ्ग,संयोग गुरुङ्ग,बिकास गुरुङ्ग,सम्झना क्षेत्री र बिष्णुराज भट्टराई सर्व समत रुपमा निर्वाचित बन्नु भएको छ । तरुणदल बन्दिपुरका अध्यक्ष शिशिर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ने.का महासमिति सदस्य रामचन्द्र अधिकारीले बिगतका तिता मिठा कुराहरु बिर्सेर अब काग्रेस एक ढिक्का भएर अगाडी बढ्नु पर्ने भन्दै कम्युनिष्टहरुले जनताको चहाना अनुसार बिकास गर्न नसकेको आरोप लगाउनु भयो ।
कार्यक्रममा विशेष अतिथि काग्रेस युवा नेता आनन्दराज त्रिपाठीले काग्रेसलाई अघि बढाउन युवाहरु जाग्नु पर्ने बेला आएको बताउनु भयो ।साथै उहाँले आगामी निर्वाचनको लागी काग्रेस बलियो भएर अगाडी बढ्नु पर्नेमा जोडदिनु भयो । कार्यक्रममा ने.का बन्दिपुरका सभापति कर्ण खत्री, युवा समाजसेबी परशुराम अधिकारी ,दलित संघका जिल्ला उपाध्यक्ष रामकृष्ण सुनार ने.का बन्दिपुरका कोषाध्यक्ष बिमल भट्टराई जनजाति संघ बन्दिपुरका अध्यक्ष श्यामलाल श्रेष्ठ ,महिला नेतृ रिता तिवारी ,मदन कुमार श्रेष्ठ ,कुवेर भट्टराइ लगाएले बोल्नु भएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.