आँबुखैरेनीमा जनता समाजवादी पार्टीकाे समिति गठन ।।

आँबुखैरेनीमा जनता समाजवादी पार्टीकाे समिति गठन ।।

आँबुखैरेनी , २८ पौष – जनता समाजवादी पार्टीले आँबुखैरेनी गाँउपालिकामा गाँउ कमिटि गठन गरेको छ ।आँबुखैरेनीमा मंगलबार भएको भेलाले पुर्ण गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा पुर्ण गुरुङ्ग, सचिवमा लक्ष्मी वि.क.,सह सचिवमा रुद्र वि.क.,ममता गुरुङ्ग रहेका छन् गाँउ कमिटका सदस्यहरुमा सुन कुमारी गुरुङ्ग,सानुकान्छा गुरुङ्ग,राम माया वि.क.,नरजित गुरुङ्ग,आस्कोट गुरुङ्ग,र मन्जु विक रहेका छन् ।
आँबुखैरेनीमा भएको भेलामा जनता समाजवादी पार्टी काबरिष्ठ नेता अशोक राईले सम्बोधन गरेका थिए । नेता राईले भेलालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नै उत्पीडनमा परेका वर्ग समुदायको पक्षमा काम गर्ने पार्टी भएको हुदा सबै नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा गोलबन्द हुन आग्रह गरे । सो अवसरमा आँबुखैरेनी गाँउपालिकाका नेता कार्यकतालाई प्रशिक्षण समेत दिएका थिए ।
जनता समाजवादी पार्टीका तनहुँका अध्यक्ष कृष्ण गुरुङ्ग, जनता समाजवादी पार्टी व्यास नगरका अध्यक्ष अम्मर भण्डारी, जनता समाजवादी पार्टीका नेता चन्द्र गुरुङ्ग लगायतले सम्बोधन गरेका थिए । जनता समाजवादी पार्टी तनहुँले जिल्लाका स्थानीय तहमा संगठन विस्तारमा जोड दिएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.