काठमाडौं, २ मङ्सिर ।
पार्टीभित्रकाे बिबाद चर्किरहेकाे बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएकाे छ ।
पार्टीभित्र आन्तरिक विवाद बढिरहेको बेलामा अध्यक्ष दाहाल शितलनिवास पुग्नुभएको हो । नेकपाको सचिवालय बैठक भोलि दिउँसो १ बजेलाई तय भएको छ ।
पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच दूरी बढेको छ । ओली पक्ष भने भोलिको सचिवालय बैठक सार्ने पक्षमा पुगेको छ । तर, दाहालसहित सचिवालयका ५ जना सदस्यहरु भने कुनैपनि हालतमा भोलिको बैठक नसार्ने पक्षमा छन् ।