नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज

काठमाण्डौं, १८ भाद्र
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्न लागेको छ । नेकपा महासचिव विष्णु पौडेलको संयोकजत्वमा बनेको विवाद समाधान कार्यदलले तयार गरेको प्रतिवेदनका विषयमा सचिवालय बैठकमा छलफल हुने भएको छ।
बैठक बिहामन ११ बजे तय गरेपछि समय केही तलमाथि हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत साउन ३० गते गठन भएको कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो।
त्यही प्रतिवेदनमा केन्द्रित भएर आजको सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन । प्रतिवेदनका विषयमा सचिवालयका ९ जनाले आ–आफ्नो धारणा राख्ने भएका छन्। आजको बैठकमा कार्यदलको प्रतिवेदनकै विषयमा केन्द्रित भई छलफल हुने अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । यस्तै आजको बैठकमा राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने विषयमा पनि छलफल हुनसक्ने सम्भावना रहेको बताइएको छ ।
अर्थमन्त्री युवराज खतिवडाको म्याद भदौ २० गते सकिने भएकाले खतिवडालाई निरन्तरता दिने भए सो सम्बन्धमा भदौ २० अघि नै निर्णय गर्नुपर्ने छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.