२८ साउन, रूपन्देही ।
एक महिलालाइ जबरजस्ती करणी गरेकाे अाराेपमा सम्मरीमाई गाउँपालिका रुपन्देहीका अध्यक्ष जितेन्द्रनाथ शुक्ला पक्राउ परेका छन् ।
महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको रुपन्देहीका डीएसपी सत्यनारायण थापाले बताएका छन् ।
स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए ।