युवा समाजसेवी श्रेष्ठको एक प्रयासमा आँबुखैरेनी गाउँपालिको तीन गाउँमा खाद्यन्न बितरण ।।

आँबुखैरेनी, २८ चैत्र ।

आँबुखैरेनी–३, तनहुँ निवासी युवा समाजसेवी अभियान श्रेष्ठको एकल प्रयासमा कोरोना भाईरस संक्रमणका कारण लकडाउन प्रभावितहरुलाई राहत बितरण गर्ने अभियान जारी रहेको छ । सोही कार्य तालिका अनुसार, आज शुक्रबार मात्रै युवा समाजसेवी अभियान श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाको तीन गाउँमा खाद्यन्न सामाग्री वितरण गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. २ अदुवाखर्कमा १९ घरधुरी, वडा नं. ३ को ज्यामिसरामा १३ घरधुरी र वडा नं. ३ को कोटगाउँमा २६ घरधुरीलाई राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गर्नुभएको हो ।

लकडाउन प्रभावित प्रत्येक घरधुरीलाई १५ किलो चामल, १ पोका नुन, १ पोका तेल, १ किलो दाल, १ पिस डिटोल साबुन र कोट गाउँमा २६ थान मास्क वितरण गरिएको युवा समाजसेवी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाको स्वीकृतिमा मापदण्ड अनुसार लकडाउन प्रभावितहरुलाई राहत बितरण गरिरहेको र बिषम परिस्थितीमा रहेकाहरुलाई निरिन्तर रुपमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.