Skip to main content

Gorkha Sansar

पाखो बारी जोत्ने क्रममा टयाक्टर दुर्घटनामा परी २८ बर्षीय दरैको मृत्यु

व्यास नगरपालिका–१ खकौलीमा पाखो बारी जोत्ने क्रममा टयाक्टर दुर्घटनामा परी २८ बर्षीय कमल बहादुर दरैको मृत्यु भएको छ । गत बुधबार स्थानीय धन बहादुर दरैको पाखोबारी जोत्ने सिलसिलामा टयाक्टर दुर्घटना हुँदा दरैको मृत्यु भएको हो । बुबाआमाको समेत स्वर्गारोहण भैसकेका दरैका यही आउँदो बैशाख महिनामा बिहे गर्ने योजना रहेको पारिवारिक स्रोतबाट खुल्न आएको छ । मृतक दरै नेपाली काँग्रेस खकौली टोलका सभापति समेत हुन् । सामाजिक क्रियाकलापमा सक्रिय दरै खकौली टोल विकास संस्थामा अध्यक्ष भएर काम गर्दै आएका थिए । बिहे गर्नका लागि घरमा खसीबोका पालेर तयारी अवस्थामा राखिएको स्थानीय एवं वडासचिव मञ्जु कँडेलले जानकारी दिइन् । सबैसंग राम्रो बोलीचाली भएका दरैको निधनको खबरले सपना जस्तो लाग्ने गरेको उनले बताइन् ।
दरै हाल दाजु भाउज्यूको साथमा बस्दै आएको बताइएको छ । लु ३ त १३३५ नंम्बरको ट्याक्टरले बारी जोत्ने क्रममा अचानक टयाक्टर बारीको छेउबाट तल खस्न जाँदा सोही टयाक्टरले च्यापिएको दरैको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरले च्यापेर गम्भिर घाईते भएका दरैको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो । टोलका अध्यक्ष दरैको निधनले सिंगो टोलबासी शोकमग्न बनेको व्यास–१ का वडास्दस्य मणिजंग बस्नेतले जानकारी दिए । धेरै राम्रो व्यक्ति गुमाउनु पर्यो,उनले भने,यस्तो दुखद घटना शत्रुलाई पनि नपरोस् ।
#जनचाहना_न्युज
#सन्त_नेपाली

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.