आँबुखैरेनी, १ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थाई प्रहरी पोष्ट मुग्लिङ्ग पुलजिपको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा लमजुङ, बेशिसहर न.पा. वडा न. २ भुकुण्डे घर भएका वर्ष २५ को सन्देश धिताल लागुऔषध सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । विरगंन्जबाट लमजुङ तर्फ आउदै गरेको ना. ६ ख. ९०९७ को यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार धितालले आफ्नै कम्मरको भागमा लुकाई छिपाई ल्याएको नुफिन– ४४ एम्पुल, डाईजेपाम– ४४, एम्पुल र फेनरागन– ४४ एम्पुल गरी जम्मा १३२ एम्पुल लागुऔषध बरामद गरेको छ । धिताललाई लागुऔषध मुद्धामा ६ दिन म्याद थप गरी अनुसन्धान कार्य गरिहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
थप समाचार
-
“मधेश मरुभूमि बन्दैछ: चुरे बचाएनौं भने पानी, खेती र जीवन सबै सकिन्छ!” – मिश्र
गोर्खा संसारApril 22, 2026काठमाडौं । मधेश क्षेत्र तीव्र रूपमा मरुभूमिकरणतर्फ धकेलिँदै गएको चेतावनी दिँदै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले चुरे संरक्षणलाई अब ‘विकल्प होइन, अनिवार्यता’को रूपमा लिनुपर... -
दुई दिने रैथाने खाना महोत्सव सकियो
गोर्खा संसारMarch 17, 2026दुलेगौंडा, ३ चैत । शुक्लागण्डकीमा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्या... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
आफूलाई बुझौं, आफै लाई प्रेमगरौं, सौभाग्यले प्राप्त यो मानव जीवनलाई सम्मान गरौं
गोर्खा संसारNovember 24, 2025मानिस एउटा चेतनशिल प्राणी मान्छे हो, आफू( मान्छे)भएपछि मान्छे जस्तै भएर बाँच्ने चाहना राख्ने हो भने पहिले आफू लाई बुझौं र आफैलाई पढौं, यो पृथ्वीमा मानिसको रुपमा ... -
रूपन्देहीमा मूर्ति सेलाउने क्रममा ३ युवाकाे ज्यान जाँदा सूर्यपुरा र मायादेवी शोकमा
गोर्खा संसारOctober 22, 2025५ कात्तिक, रूपन्देहीकाे गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा ३ युवाकाे ज्यान जाँदा सूर्यपुरा र मायादेवी शोकमा परेकाे छ । अाजै मूर्ति सेलाउनकाे लागि ... -
बीपी राजमार्गको पुनर्निर्माण प्रक्रिया: चाडपर्वको चापमा तयारी
गाेर्खा संसारSeptember 6, 2025काठमाडौँ - संघीय राजधानी काठमाडौँलाई नेपालको पूर्वी जिल्लासँग जोड्ने प्रमुख मार्ग बीपी राजमार्ग, यो वर्ष पुनः चाडपर्वको बेला अवरुद्ध हुने त्रासमा रहेको छ । २०८१ असोजको दोस्रो...