Skip to main content

Gorkha Sansar

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि

भानु, तनहुँ ।
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायको बुधबार वीरगञ्जमा निधन भएको थियो।
परिवारजन, आफन्त, स्थानीयवासी र शुभेच्छुकहरुको उपस्थितिमा सतिघाट मर्स्याङ्दी नदी किनारस्थित घाटमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको हो। उहाँका छाेरा स्पन्दन उपाध्ययले बुवाकाे पार्थिव शरीरमा दागबत्ती दिनुभएकाे थियाे ।
अन्तिम श्रद्धाञ्जली कार्यक्रममा भानु नपाका प्रमुख आनन्दराज त्रिपाठी , प्रेस रजिस्ट्रार बिमला भण्डारी , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी , पूर्व अध्यक्ष डम्बर अधिकारी , जनप्रतिनिधि , स्थानीय समाजसेवी लगाएतले श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा रहनुभएका उपाध्याय अस्पतालबाट गहवामाई मन्दिर दर्शनका लागि निस्किएको अवस्थामा बुधबार अचेत भेटिनुभएको र पछि निधन भएको परिवारले जनाएको छ।
उपाध्यायले गोरखापत्र संस्थानको महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नुका साथै ‘मधुपर्क’, ‘युवामञ्च’ लगायतका प्रकाशनको सम्पादन गर्नुभएको थियो।
२०२५ साल बैशाखमा जन्मनु भएका उहाँकाे बुधबार निधन भएकाे हाे । बुवा छायादत्त उपाध्यय एवं माता रमादेवीकाे काेखबाट जन्मनु भएका बसन्तकाे ४ जना दिदीबहिनी , १ जना भाइ, १ छाेरा र १ छाेरी हुनुहुन्छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.