Skip to main content

Gorkha Sansar

स्वर्गीय समी कुमालको स्मृतिमा पूर्वविद्यार्थी समाजद्वारा श्रद्धाञ्जली

गोरखा । जीवनज्योति माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले स्वर्गीय समी कुमालको घरमै पुगेर १८ गते का दिन श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् ।

स्वर्गीय कुमालको निधनप्रति दुःख व्यक्त गर्दै पूर्वविद्यार्थीहरूको तर्फबाट परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो । सो अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको थियो ।

शोकमा डुबेको परिवारजनलाई दुःखको यस घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित उपस्थित सबैले एक मिनेट मौन धारण गरी स्वर्गीय कुमालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

जीवनज्योति माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष भरतराज पाण्डेको उपस्थितिमा सम्पन्न श्रद्धाञ्जली सभाको सहजीकरण डा. रविन्द्र कडेलले गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभामा जीवनज्योति माध्यमिक विद्यालयका केही पूर्वविद्यार्थी तथा साथीहरूको समेत उपस्थिति रहेको थियो ।

दुःखको समयमा मृतकका परिवारको घरमै पुगेर पूर्वविद्यार्थीहरूले व्यक्त गरेको समवेदनाले विद्यालयसँग जोडिएको सम्बन्ध केवल अध्ययनकालमा सीमित हुँदैन, सुख–दुःखमा समेत सहयात्रा गर्ने आत्मीय सम्बन्धका रूपमा कायम रहन्छ भन्ने भाव प्रस्तुत गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.