आँबुखैरेनी, १ कार्तिक । आँबुखैरेनी गाउँपालिकाले टोल टोलमा गएर आर्थिक वर्ष ०७९/८० अन्तर्गत प्रथम त्रौमिसिक सामाजिक सुरुक्षा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाले जेष्ठ नागरिक ७० वर्ष उमेर माथिका, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, बिधुवा, पूर्ण अपाङ्ग(क वर्ग) अति अशक्त(ख वर्ग) ५ वर्ष मुनिका दलित बालबालिकालाई टोल टोलमै गएर मंगलबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आँबुखैरेनी बजार सम्म आएर घण्टौं सम्म बैंकमा लाइनमा बसेर भत्ता लिनुपर्ने समस्या, बाध्यता लगाएतका थुप्रै असुविधा झेल्दै आएको र लाभग्राहीहरुको सेवा तथा सुविधाका लागि आँबुखैरेनी गाउँपालिकाको ६ वटैं वडाको टोल÷टोल गाउँ÷गाउँमै गएर प्रथम त्रौमिसिक सामाजिक सुरुक्षा भत्ता वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । यसै क्रममा आँबखैरेनी गाउँपालिकाले वडा नंं. ६ को वडा कार्यालय हिलेखर्क, पुर्लुङ्ग घालडाडाका लाभग्राहीहरुको लागि सामाजिक सुरुक्षा भत्ता वितरण सगैं कृषि, पशु तथा स्वास्थ्य शिविर गरेको छ । हिलेखर्क र पुर्लुङ्गमा १९१ जना सामाजिक सुरुक्षा भत्ता, १५० जनाले स्वास्थ्य सेवा, ७२ जनाले कृषि तथा पशुु सेवा अन्तर्गत सेवा लिएको वडा नंं. ६ का वडाध्यक्ष दिलिप गुरुङ्गले जानकारी दिनुभयो । यसरी गाउँपालिकाकाले आफ्नो गाउँ ठाउँमै आएर सामाजिक सुरुक्षा भत्ता वितरण सगैं कृषि, पशु तथा स्वास्थ्य सेवा दिएपछि स्थानीय खुसी भएका छन् । उक्त शिविरमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुृमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख गायत्री राज शर्मा, आँबुखैरेनी विकास बोर्डका अधिकृत किशोर सुवेदी, लेखा अधिकृत नारायण ढकाल, गाउँपालिका अध्यक्षका स्वकीय सचिव मनोज बास्तोला, सुचना अधिकारी निरज श्रेष्ठ, देउराली स्वास्थ्य चौंकी प्रमुख नगेन्द्र ठाकुर, डा. अविनाश कुमार रौंनियार, कृषि शाखा प्रमुख सन्तोष के.सी, पशु शाखाका डा. सन्तोष देवकोटा, स्वास्थ्य प्रयोगशाला प्रमुख अमृत पण्डीत लगाएतको सहभागितामा सामाजिक सुरुक्षा भत्ता वितरण सगैं कृषि, पशु तथा स्वास्थ्य शिविर गरिएको गाउँपालिकाले जानकारी दिएको छ । आगामी कार्तिक ६ गते सम्म १ देखि ६ वटैं वडाको विभिन्न स्थानमा गाउँपालिकाले विभिन्न बैंक मार्फत टोलटोलमा गएर प्रथम त्रौमिसिक सामाजिक सुरुक्षा भत्ता वितरण गर्नेछ ।
थप समाचार
-
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय... -
भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री लिएर आँबुखैरेनीको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान
गोर्खा संसारSeptember 9, 2026आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्थ... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 7, 2026पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपा... -
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि
गोर्खा संसारSeptember 4, 2026भानु, तनहुँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायक... -
स्वर्गीय समी कुमालको स्मृतिमा पूर्वविद्यार्थी समाजद्वारा श्रद्धाञ्जली
गोर्खा संसारSeptember 4, 2026गोरखा । जीवनज्योति माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले स्वर्गीय समी कुमालको घरमै पुगेर १८ गते का दिन श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । स्वर्गीय कुमालको निधनप्रति दुःख व्यक...