आँबुखैरेनी, २२ भदौ । नेपाल आदिवासी जनजाति गाउँ समन्वय परिषद आँबुखैरेनीको चौंथो अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सभाहलमा परिषदका अध्यक्ष रेशम बहादुर भुजेलको सभापतित्वमा सन्चालन भएको अधिबेशनको एक कार्यक्रमकाबिच प्रमुख अतिथि नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष बसुन्धारा घर्तीले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा परिषदका अध्यक्ष घर्तीले जिल्लामा ६५ प्रतिशत र यस आँबुखैरेनी गाउँपालिकामा ८० प्रतिशत जनजातिको बहुल्यता रहेकोले केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तह अन्तर्गत राज्यको हरेक निर्णायक तहमा विभिन्न व्यक्तित्वहरुलाई पुर्याउनका निम्ति आदिवासी जनजातिले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ । तनहुँ जिल्लामा यति धेरै आदिवासी जनजातिको बाहुल्यता रहे पनि सधै पछाडी पर्नु र पछाडि परेको आदिवासी जनजातीलाई सक्रिय गराउन राज्यबाट प्राप्त बजेट मार्फत विभिन्न उपयोगी मुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको घर्तीले बताउनुभएको छ ।अधिबेशनमा परिषदका कोषाध्यक्ष तिल कुमारी थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष बसुन्धारा घर्ती, जिल्ला परिषदका निबर्तमान उपाध्यक्ष हस्त बहादुर किजिम मगर, आँबुखैरेनी गाउँपालिका नि बर्तमान अध्यक्ष गिर बहादुर थापा, नि बर्तमान उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका वडा नं २ का वडाध्यक्ष कटक बहादुर थापा, वडा नं ४ का वडाध्यक्ष नेत्र बहादुर गुरुङ, गाउँ समन्वय परिषदका उपाध्यक्ष कमल थापा मगर, गाउँ समन्वय परिषदका सचिव मिलन भुजेल, तामाङ समाजका अध्यक्ष कृष्णमान तामाङ, आदिमुल मन्दिरका कृष्ण बहादुर भुजेल, नेवा खलका शुभ लक्ष्मि श्रेष्ठ, तमु समाजका काजी कुमार गुरुङ, लायन्सका सुरेन्द्र श्रेष्ठ, नेवार समाजका बाबुराम श्रेष्ठ, मीन शोभा गुरुङ लगाएतकाको उपस्थिती रहेको थियो ।
थप समाचार
-
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय... -
भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री लिएर आँबुखैरेनीको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान
गोर्खा संसारSeptember 9, 2026आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्थ... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 7, 2026पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपा... -
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि
गोर्खा संसारSeptember 4, 2026भानु, तनहुँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायक... -
स्वर्गीय समी कुमालको स्मृतिमा पूर्वविद्यार्थी समाजद्वारा श्रद्धाञ्जली
गोर्खा संसारSeptember 4, 2026गोरखा । जीवनज्योति माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले स्वर्गीय समी कुमालको घरमै पुगेर १८ गते का दिन श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । स्वर्गीय कुमालको निधनप्रति दुःख व्यक...