Skip to main content

Gorkha Sansar

राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा दर खाने कार्यक्रम सम्पन्न

हरितालिका तीजको पावन अवसरमा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा “तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम – २०७९” सम्पन्न भएको छ । यस कार्यक्रममा केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहको अध्यक्षता रहेको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रमको संयोजक उमा श्रेष्ठ रहेकी थिइन् भने केन्द्रिय महासचिव अमृत खातिले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सांसद माननीय लक्ष्मी परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कि कार्यबाहक अध्यक्ष रिता थापा मगर, प्रकाश कटुवाल, सरोज लामिछाने, प्रतिमा अर्याल लगायत थुप्रै कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो । उक्त कार्यक्रममा गीत संगीतको लागि नेपाल सरकारबाट सक्दो सहयोग गरि कलाकारहरुको हकहितको लागि काम गरिदिन केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहले अनुरोध गरेका थिए ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.