Skip to main content

Gorkha Sansar

गाेरखामा चुनावी तालमेलका केन्द्रीय हस्तक्षेप, पालुङटार जसपाकाे पाेल्टामा

गाेरखा, बैशाख ११ 

गाेरखामा चुनावी तालमेलका लागि बनेकाे  जिल्लास्तरीय संयन्त्रले भागबण्डा टुङ्गाउन नसकेपछि केन्द्रीय तहबाटै हस्तक्षप गरी टुङ्गयाइएकाे  छ  ।

जिल्ला संयन्त्रकाे वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईवीच शनिबार राती बालुवाटारमा बसेकाे बैठकले जिल्लाकाे भागबण्डा मिलाउन हस्तक्षेप गरेका हुन् ।

साँझ करिब तीन घण्टा बसेकाे वैठकले जिल्लामा कांग्रेसलाई गाेरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई एक पालुङटार नगरपालिकासहित २ पालिका दिने निर्णय गरेकाे छ । माओवादीलाई बारपाक सुलिकाेट गाउँपालिका, शहिद लखन गाउँपालिका दिने सहमति भएकाे छ ।

गत स्थानीय निर्वाचनमा  डा. बाबुराम भट्टराइ नेतृत्वकाे तत्कालीन नयाँशक्ति पार्टीका मेयर पदका उम्मेदवारले राम्रै मत ल्याएका थिए । पछिल्लाे समयमा पालिकाका सबै वडामा अाफ्नाे पकड बलियाे बनाएकाे जसपाका एक नेताले बताएका छन् । उनका अनुसार पालुङटारमा एक्लाएक्लै निर्वाचनमा हाेमिदा समेत जित सुनिश्चित थियाे, गबन्धनपछि त झन जित नहुने कुरै भएन ।

शनिबार आठौं पटक बसेकाे जिल्ला स्तरीय संयन्त्रको वैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका हुन् ।

उता, माओवादीलाई नै अजिरकाेट गाउँपालिका र चुमनुव्री गाउँपालिका दिने समति भएकाे हाे। तर, आइतबार बस्ने जिल्ला संयन्त्रकाे बैठकले थप भागबण्डा मिलाउन बैठक बस्ने कांग्रेसका नेताहरू दावी गर्छन् ।

यसअघि माओवादी र कांग्रेसवीच भएकाे छलफलमा कांग्रेसलाई ७ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने सहमतिकाे ड्राफ तयार भएकाे थियाे ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.