Skip to main content

Gorkha Sansar

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ

कास्की, ३ असोज । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ निर्वाचित भएका छन्।
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शनिबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो।
महाधिवेशनबाट संघको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दानबहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङ निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा बिबर गुरुङ, किरण गुरुङ, रामबहादुर गुरुङ र बेदबहादुर गुरुङ (विवेक) निर्वाचित भएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.