Skip to main content

Gorkha Sansar

पालुङटारमा अाज ३७२३ जनालाइ टाइफाइड खाेप लगाइयाे, ८५९१जनालाइ लगाउने लक्ष

गाेरखा, चैत्र २५

देशब्यापी रूपमा अाजदेखि शुरू भएकाे टाइफाइड बिरूद्धकाे खाेप पालुङटार नगरपालिकामा ३७२३ जनालाइ लगाइएकाे छ ।

नगरपालिकाकाे सबै वडाका १४ केन्द्र र २१ सेसन बाट गरी सेवा प्रदान गरी ३७२३ जना १५ बर्षमुनिका बालबालिकालाइ टाइफाइड बिरूद्धकाे खाेप लगाइएकाे छ ।

अाज खाेप लगाएकामध्ये १५-२३ महिनाका बालबालिका संख्या १४० रहेकाे छ  भने २४ महिना देखि १५ बर्ष मुनिका बालबालिका संख्या ३५८३ गरी कूल ३७२३ जना ले खाेप लगाएकाे पालुङटार नगरपालिका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिनुभयाे ।

गिरीका अनुसार अभियानका अवधिभरमा कूल ८ हजार ५ सय ९१ जना बालबालिकालाइ खाेप लगाउने लक्ष रहेकाे छ ।

११ स्थानीय तह रहेको गोरखामा दुई चरणमा खोप अभियान कार्यक्रम संचालन हुने बताइएको छ । उत्तरी गोरखाको विकट स्थानीय तह चुमनुब्री गाउँपालिका बाहेक अन्य १० स्थानीय तहमा पहिलो चरण अन्तरगत चैत्र २५ गतेबाट टाइफाइड खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालय गोरखाका प्रमुख तामाङले बताइन् । उनका अनुसार पालुङटार नगरपालिकामा आठ हजार पाँच सय ११ जना, धार्चे गाउँपालिकामा चार हजार तीन सय ९२, आरुघाट गाउँपालिकामा पाँच हजार आठ सय ५७ र बारपाक सुलिकोट गाउँपालिकामा पाँच हजार पाँच सय ९६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाएको छ ।

अजिरकोट गाउँपालिकाका तीन हजार दुई सय ७२, गण्डकी गाउँपालिकाका चार हजार पाँच सय ९३, गोरखा नगरपालिकाका १५ हजार तीन जना र शहीदलखन गाउँपालिकाका चार हजार चार सय ३७ जना बालबालिकालाई टाइफाइड खोप लगाउने लक्ष्य रहेका छन् । त्यस्तै, भिमसेन थापा गाउँपालिकाका चार हजार एक सय ३१, सिरान्चोक गाउँपालिकाका चार हजार दुई सय ४९ र चुमनुब्री गाउँपालिकाका एक हजार दुई सय ४८ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । दोस्रो चरण चुमनुब्री गाउँपालिकामा दोस्रो चरण अन्तरगत वैशाख ५ गते देखि १० गते सम्म खोप अभियान संचालन हुने जनस्वास्थ्य कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।

टाइफाइड रोग विभिन्न ब्याक्टेरिका संक्रमित व्यक्तिको दिसाबाट दुषित भएको खाना, पानी माध्यमबाट यो रोग सर्ने गर्दछ ।
यो रोगले जुनसुकै उमेरका व्यक्तिहरुमा पनि हुने तर १५ वर्ष मुनिका बालबालिकाहरुमा सक्रमण दर र रोगको जटिलता उच्च हुने भएकाले खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन।

विगत ३ वर्षको तथ्यांक अनुसार पानी र खानेकुराहरुबाट हुने संक्रामक रोगहरुमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको र अस्पतालमा भर्ना हुने विरामीहरु मध्ये मृत्यू हुनेमा चौथौ कारण यहि रोग रहेको बताइएकाे छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.