Skip to main content

Gorkha Sansar

सिरान्चोकमा बुलेरो दुर्घटना : ८२ वर्षीय लालु थापाको मृत्यु, ८ जना घाइते

गोरखा । सिरान्चोक गाउँपालिकामा डबल क्याब बुलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन्।
सिरान्चोक गाउँपालिका–अन्तर्गत भच्चेक–सिम्लेबाट चोरकाटेतर्फ आउँदै गरेको डबल क्याब बुलेरो जिप आइतबार बिहान करिब ९ः३० बजे थालाजुङ नयाँ बजारबाट चिप्लेटीतर्फ करिब १.५ किलोमिटर दूरीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा सिरान्चोक गाउँपालिका निवासी ८२ वर्षीय लालु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा सिरान्चोक गाउँपालिका–घोहेरेका कमलबहादुर घिमिरे, लोकबहादुर खड्का, गोहरेडाँडाका तुलबहादुर सार्की, रेजिना नेपाली र उहाँकी करिब डेढ वर्षीया छोरी रेविका नेपाली, वडा नं. ६ सिम्लेकी सीता गुरुङ तथा सिरान्चोक गाउँपालिका–७ की सीता पाण्डे रहेका छन्।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि आपँपिपल अस्पताल पठाइएको छ। घाइतेहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।
प्रहरीका अनुसार जिपमा चालकसहित ९ जना सवार रहेका थिए। दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.