Skip to main content

Gorkha Sansar

शान्ति बाटिकामा निर्मित बुद्ध काे मुर्ति नगर प्रमुख कंडेलद्वारा अनाबरण

पालुङटार नगरपालिका वडा नं ६, ठूलोचौर स्थीत लिगलिग शान्ति वाटिकामा गौतम बुद्धको मूर्ति अनावरण चैत ८ गते मंगलबार पालुङटार नगरपालिकाका नगरप्रमुख दिपक बाबू कंडेलले अनावरण गर्नु भएको छ ।

पालुङटार नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत गत आर्थिक वर्षको रु. ९ लाख र यस आ.व को रु. ५ लाख गरी कुल १४ लाखमा पार्कको संरचना सहित मूर्तिको निर्माण सम्पन्न भएको हो । कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोविन्द बराकोटी, वडा नं ३ का वडा अध्यक्ष रेशम ब. अधिकारी, वडा नं ९ का वडाध्यक्ष भेजराज पाण्डे लगाएत स्थानीय समाजसेवी राजनीतिककर्मी लगायतको उपस्थिति रहेको थियो

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.