जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरी कर्मचारी मध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने गरिएकोमा माघ महिनामा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीको रुपमा यस जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान घनश्याम ज्ञवालीलाई पुरस्कृत गरिएको छ । कार्यालयको कर्मचारी प्रशासन, प्रशासन, तालिम तथा सूचना प्रविधि शाखा तर्फ आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट व्यवसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई शाखाको अभिलेख दुरुस्त रुपमा राख्न सफल हुनुका साथै तालुक कार्यालय तथा मातहत कार्यालय बिच प्रशासनिक कार्यमा सु-सम्बन्ध राख्न सफल भएको साथै निजलाई तोकिएको जिम्मेवारी ईमान्दारी, वफादारीका साथ त्रुटी रहित तवरले विभागीय नीति निर्देशन अनुरुप कुशलता पुर्वक कार्य सम्पादन गर्दै आई रहेकोले प्रहरी जवान घनश्याम ज्ञवालीलाई पुरस्कृत गरिएकाे कार्यालयले जनाएकाे छ । २०७८।११।०८ गते एक कार्यक्रममा बीच निजलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद रु.१,०००।– (एक हजार ) पुरस्कार सहित २०७८ साल “माघ” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गर्नुभएकाे थियाे ।
थप समाचार
-
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय... -
भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री लिएर आँबुखैरेनीको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान
गोर्खा संसारSeptember 9, 2026आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्थ... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 7, 2026पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपा... -
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि
गोर्खा संसारSeptember 4, 2026भानु, तनहुँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायक...