शिक्षा पत्रकार समूहले २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बिहीबार ‘शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनीलाई पुरस्कृत गरेको छ ।गोरखा स्थायी घर भएका उनलाई पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको सुधारमा योगदान गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । उनलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको हो । समूहले दुईरदुई वर्षमा तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार वितरण गर्ने गर्छ ।त्यस्तै, समूहले दुईजना प्रधानाध्यापकलाई पनि सम्मान गरेको छ । सामुदायिक विद्यालय सुधारमा उल्लेख योगदान गरेका सुर्खेतस्थित जनज्योति माविका प्रअ नारायणप्रसाद सिग्देल र जनकल्याण मावि काठमाडौंका प्रअ कमलाकुमारी राईलाई सम्मानित गरिएको समूहका अध्यक्ष तुला अधिकारीले बताए ।पुरस्कार र सम्मानका लागि छनोट र सिफारिस गर्न समूहका पूर्व अध्यक्ष रोश्ना सुब्बा, शिक्षाविद् विद्यानाथ कोइराला र पत्रकार नारायण अमृत रहेको सिफारिस समिति गठन गरिएको थियो । समूहका तत्कालिन कार्यसमिति सदस्य भुषालको नवलपरासीको सवारी दुर्घटनामा निधन भएको थियो । उनकै स्मृतिमा पुरस्कार स्थापना गरिएको हो ।
थप समाचार
-
विन्ध्यवासिनीका विद्यार्थीलाई एनआईसी एशिया बैंकको सहयोग
गोर्खा संसारSeptember 23, 2026गोरखा, असोज ६ — विद्यार्थीको शैक्षिक यात्रामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यसहित एनआईसी एशिया बैंक लिमिटेड, गोरखाले श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक... -
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय... -
भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री लिएर आँबुखैरेनीको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान
गोर्खा संसारSeptember 9, 2026आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्थ... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 7, 2026पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपा...