Skip to main content

Gorkha Sansar

गाेरखा १४ मा एकल महिला समुह गठन अध्यक्षमा धन कुमारी पन्त

पालुङटार, माघ २७                                               नगरपालिका वडा नं. १४ मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ  ।

जसकाे अध्यक्षमा धनकुमारी पन्त  चयन हुनुभएकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा टिका कुमारी श्रेष्ठ , काेषाध्यक्षमा मधुमाया श्रेष्ठ   र सचिवमा राधिका भण्डारी   रहेका छन् ।

वडा नं. १४ काे वडा कार्यालयमा   सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे कार्यपालिका सदस्य बिना कैनीले मन्तव्य राख्नुभएकाे  थियाे ।  त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ लगायतकाले मन्तव्य राखेका थिए । गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.